हजुरबुबाको हात समाएर घुम्दै साम्राज्ञी

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं । वीरगन्जमा तीनदिने नेपाली चलचित्र महोत्सव भइरहेको छ । नेपाल चलचित्र निर्माता संघको आयोजनामा सुरु भएको तीनदिने नेपाली चलचित्र महोत्सवमा आज वीरगञ्जमा झाँकीसहित र्‍याली निकालिएको छ ।

तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ सुरु भएको उक्त महोत्सवमा संस्कृति झल्किने पहिरनसहित र्‍याली निकालिएको छ । उक्त महोत्सवमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरुको सहभागी भएका छन्

यसैक्रममा आफ्ना हजुरबुबा–हजुरआमा भेट्न वीरगन्ज पुगेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पनि महोत्सवमा सहभागी भएकी छिन् । छठ पर्वको अवसर पारेर हजुरबुबा पशुपति विक्रम शाह र हजुरआमा उषा शाहलाई भेट्न वीरगन्ज पुगेकी नायिका साम्राज्ञी हजुरबुबासँगै महोत्सवमा पुगेकी हुन् ।

यसैबिच नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र उनका हजुरबुबासँग क्यानडानेपालका मदन रिजालले कुराकानी गरेका छन् । कुराकानीमा साम्राज्ञीका हजुरबुबाले आफ्नी नातिनि घरमा आउदा र सँगै घुम्न पाउदा निकै खुशी लागेको बताएका छन् ।

समाचार सेयर गर्नुहोस