गायिका मीना लामाको नयाँ गीत ” झरनाको पानी’ सार्वजनिक

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं / लोकप्रिय गायिका मीना लामा र वरिष्ठ गायक तथा गीतकार विष्णु खत्रीको स्वरमा नयाँ गीत “झरनाको पानी” सार्वजनिक भएको छ ।

प्रेमिल शब्दहरुले भरिएको गीतलाई गायक स्वयम् खत्रीले लेखेका हुन् भने अाशिष अविरलको एरेन्ज रहेको छ ।

शिव विकको निर्देशन रहेको यस गीतमा कलाकार आयुष रिजाल र अनु शाहको दमदार अभिनय रहेको छ । निकै नै सुन्दर पृष्ठभूमिमा छायांकन गरिएको भिडियोलाई “विष्णु खत्री” युट्युवबाट बजारमा आएको छ ।

लोक गीतको हस्ती वरिष्ठ गायक तथा सर्जक विष्णु खत्रीले लगातार नयाँ गीतहरु बजारमा ल्याइरहेका छन् । त्यस्तै गायिका मीना लामा भने पछिल्लो समय सांगीतिक बजारबाट अलिकति ओझेल परेको होकी भन्ने अनुमान गर्न सकिन्छ ।

लामो समयसम्म एबिसी टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम “इन्द्रेणी” मा सञ्चालिका बनेर दर्शकमाझ चिरपरिचित बनेकी गायिका लामाको थुप्रै चर्चित गीतहरु युटयुबमा सुन्न पाइन्छ ।

समाचार सेयर गर्नुहोस