भगवान श्री कृष्णलाई पहिलो प्रेमपत्र…

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, कार्तिक १८, २०७६

काठमाडौँ।  देवी रुकमिणी विदर्भ देशका राजा भीष्मकाकी छोरी हुन् । उनको चरित्र सहास र प्रेमले भरिएको थियो। उनले आफ्नो पुरै जीवन भगवान श्रीकृष्णलाई समर्पित गरेको पुराणमा उल्लेख भएको छ भने उनले भगवान श्रीकृष्ण नपाए आफ्नो ज्यान समेत त्याग्ने निधो गरेको विश्वास गरिन्छ। त्यसैले, रुकमिणी भगवान श्रीकृष्णसंग विवाह गर्न निकै उत्सुक हुनुका साथै पुर्व तयारिमा थिइन्।

तर, रुकमिणीका भाइ यस विवाहको सक्त विपक्षमा थिए र उनले आफ्नो बुवा भीष्मकाको समेत मन परिवर्तन गरेका थिए र  रुकमिणीका भाइ उनको दिदिको विवाह आफ्नो हितैसी मित्र शिशुपालसँग गर्न चहान्थे जुन कुरा रुकमिणीले थहापाएपछि भगवान श्रीकृष्णलाई एउटा सुन्दर प्रेमपत्र लेख्छिन जुन यस प्रकार छ।

हे संसारका सुन्दर विधाता, हजुरको गुणका बारे जसले सुन्दछ र जसको कानमा पर्दछ उसका सम्पूर्ण शारीरिक पीडा हट्नेगर्दछ। जसले हजुरको सुन्दरताको बारेमा सुन्दछ, एक अन्धाले पनि आफ्नो सबै दृश्य इच्छाहरू पूरा गर्दछ। मैले पनि आफ्नो बेशर्म मनलाई हजुरमा निश्चित गरेकी छु।  हे कृष्ण

हे मुकुन्द ! हजुर सारा मानिसजातिलाई खुशी पार्नुहुन्छ, हजुरको यस्तो राम्रो चरित्र, सौन्दर्य, ज्ञान, युवावस्थाको प्रभावमा को चाहीं युवती आफ्नो विवाहको उपयुक्त समयमा हजुरलाई आफ्नो पतिको रुपमा स्विकार्न चहादैनन् र ?

त्यसैले हे नंद-नंदन! हजुरलाई मैले आफ्नो पतिको रूपमा छानिसकेको छु, म हजुर बाहेक अर्को मान्छे संग विवाह गर्न सक्दिन।

मेरो बुबा र भाइले मेरो इच्छाको बिरूद्ध शिशुपालसंग मेरो विवाह गर्न चहान्छन र विवाहको मिति पनि तय गरिसकेका छन् । हाम्रो परिवारमा विवाह अघि दुलहीले गिरिजाको दर्शन गर्न शहर बाहिर जानुपर्ने चलन छ।

त्यसैले म चाहान्छु कि हे गोपाल! म गिरीजाको मन्दिरमा विवाहको पोशाकमा दर्शन गर्न गएको बेला हजुरलाई गिरिजा मन्दिरमा पुग्न र मलाई एक पत्नीको रूपमा स्वीकार गर्न अनुरोध गर्दछु।  हे देवकी नन्दन ! हजुर नआएको खण्डमा, म आफ्नो जीवनलाई त्याग्नेछु।

समाचार सेयर गर्नुहोस