“छ माया छपक्कै” को बुकिङ खुल्ला

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, अशोज २२, २०७६

काठमाडौं / दीपक राज गिरी र दीपा श्री निरौलाको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “छ माया छपक्कै” को आजबाट बुकिङ खुल्ला गरिएको छ ।

बर्षकै बहुप्रतिक्षित चलचित्र “छ माया छपक्कै” ले सोचेजस्तो व्यापार गर्नेमा निर्माण टिम ढुक्क देखिन्छ । दशैंको रौंनकले प्रचारप्रसारमा अलि समय नपुगेको चाहिँ पक्कै हो, किनकि अघिल्ला बर्षहरुमा झै दीपक दीपाको सक्रियता देखिँदैन ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् ।

जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

समाचार सेयर गर्नुहोस