पहिलो माया तिमि, अन्तिम खै को हुन्छ…

गजल
चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, अशोज २२, २०७६

गुमाएको थोरै इज्जत फेरि पाउन सक्छौ र

मनको वेदना गित जस्तै  गाउन  सक्छौ र

___________

तिमिले नबुझेर परदेश आउन बाध्य भए

हिजो जस्तो आजभोलि धाउन  सक्छौ र

_________

बिरामी हुदा धामीझाँक्री खोज्छौ तिमी

मृत्युको मुखबाट अब  बचाउन  सक्छौ र

___________

सबैको पालो एकचोटी आउँछ सुनेको छु

म जस्तै अरु संग पनि  रमाउन  सक्छौ र

_____________

पहिलो माया  तिमि अन्तिम खै को हुन्छ

अब पनि मेरो जिबनमा  छाउन सक्छौ र

________

सम्झना परियार 

पर्वत

हाल : प्रवास

समाचार सेयर गर्नुहोस