दशैं त खल्लाे भाे नि कान्छा…

कविता
राम आचार्य प्रकाशित मिति : बुधबार, अशोज २२, २०७६

मनमा भ्रान्ति छाएकाेछ

जता हेर्याे उतै

गाउँबस्तिमा अशान्ति छ

मनकाे आकाशमा

कालाे बादल मडारिएकाे छ

कतै बाडीले गाउँ नै डुबाए पछि

बन्द हड्तालले सडक थुनिए पछि

यात्रुकाे गन्तव्य हराएकाे बेला

महङ्गी र अभावकाे भुमरी चले पछि

दशैं त, खल्लाे भाे नि कान्छा ।

________

यसपाली

पहाडी पाखाहरुमा

बाबियाे र खरुकी भेटिदैन

तराईका सम्म फाँटहरुमा

बाँसकाे झ्याङ देखिदैन

पौरखी युवाहरु मुङ्लान गए पछि

गाउँमा काेहि देखिदैन

लिङ्गे पिङकाे लठाराे

कसले बाट्ने र

त्यसैले लिङ्गे पिङ खेलिएन

राेटे पिङ त कतै देखिएन

कला र संसकृति नै

मासिदै गएकाे छ

दशैं त, खल्लाे भाे नि कान्छा ।

______

अहिले देश नै बिरामी भएर

सिथिलताका सुस्केरा

हालिरहेकाे बेला

मालिङ्गाे घारी पनि

पहिराेले खाएछ

कला र शीप परदेशी भएछ

कसले खिप्ला मुर्चुङ्गा र बिनायाे ?

कही बजेन माल्सिरी धुन

कतै सुनिएन मादलुकाे आवाज

द्यौती काेठामा जमरा पनि राखिएन

फूलपाती पनि सजाइएन

खसी बाेका पनि खाइएन

टीका लाउन कतै गइएन

दशैं त, खल्लाे भाे नि कान्छा ।

_______

काखमा नानी च्यापेर

बाबू खाेज्न घरबाट हिंडेकी

तामाङ्नी भाउजू

हिमाल, पहाड, तराई भौतारी

रहेकी छन

तर पनि नानीकाे

बाबु नभेटिए पछि

सडक किनारमा

मिल्काएकाे अखबारमा

उनकाे तस्विर देखे पछि

लाम्टाे चुस्दै गरेकाे अबाेध नानी

काखैमा टुहुराे भए पछि

खुशी राेदनमा बदलिएकाे बेला

दशैैं त खल्लाे भाे नि कान्छा ।।

कविता

राम आचार्य पुष्पप्रेमी
झापा
डियर कल्याण साहित्य प्रतिष्ठान

समाचार सेयर गर्नुहोस