गायक रामजी खाँडको दशैं…

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, अशोज २१, २०७६

काठमाडौं / नेपालीहरुको महान पर्व दशैको आज टीका अर्थात मुख्य दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् ।

यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने केहिले काममै ब्यस्त रहे ।

चर्चित लोकप्रिय गायक रामजी खाँडले पनि यस्पालीको बडा दशैं परिवार सँग रमाइलो गरि मनाएका छन् ।

दशैंको टीका र जमरा सहितको रंगिन तस्बिरहरूले सामाजिक सञ्जाल भरिएको बेला गायक खाँडले पनि दशैं विशेष तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

गायिका पुर्णकला बिसीले पनि यो बर्षको दशैं परिवार सँगै मनाएकी धुमधाम रमाइलो गरि मनाएकी छिन् । धेरै जसो चाडपर्वमा देशविदेश कार्यक्रममा ब्यस्त रहने कलाकारहरुले यो बर्ष भने गाउँमै दशैं मनाएको देखिन्छ ।

समाचार सेयर गर्नुहोस