नायिका श्वेता खड्काको दशैं : श्री कृष्णलाई सम्झेर भाबुक बनिन्

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, अशोज २०, २०७६

काठमाडौं / चर्चित नायिका तथा समाजसेवी श्वेता खड्काले यस्पालीको दशैं परिवार र साथीभाइ सँग रमाइलो गरि मनाउने बताएकी छिन् ।

दशैंमा धेरै नै रमाइलो गर्नु पर्ने अभिनेत्री मध्य एक हुन् श्वेता खड्का, बुवा ममीको आशिर्वाद लिनको लागि भएपनि दशैंमा परिवार सँग टाढा नरहेको श्वेताले यो बर्षपनि अघिल्लो बर्षको दशैं जस्तै रमाइलो गरि साथीभाइ सँग तास खेलेर पिङ खेल्दै मनाउने योजना बनाएको बताउनु भयो ।

श्वेता भन्छिन् : दशैंमा तास खेलेर हारेपनि अन्तिममा आफ्नो पैसा फिर्ता चाहिने जिद्दी स्वाभावकी थिएँ म, र बहिनीहरु सँग झगडा पनि हुन्छ ।

भर्खरै मात्र स्व. श्रीमान श्री कृष्ण श्रेष्ठको सम्झनामा माझी बस्ती बनाएकी श्वेता खड्काले दशैंको महत्त्वपूर्ण दिनमा श्रीमानलाई धेरै नै सम्झिने गरेको बताइन् ।

“विजया दशमी शुभ साइतको पहिलो टीका घरमा लगाएपछि मात्र माइतीघरमा आफ्नो बुुबा ममिको हातबाट लगाउने गरेेको छुँ ।”

नायिका श्वेता खड्का लगायत सम्पुर्ण नेपालीहरुलाई हाम्रो तर्फबाट बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

समाचार सेयर गर्नुहोस