सुदुर पश्चिमकी चेली : गायिका रेखा जोशी

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, अशोज २०, २०७६

काठमाडौं / सुन्दर सुदुर पश्चिम तथा प्रदेश नं. ७ को कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिकाको हल्दुखालमा जन्मनु भएकी सुमधुर स्वर कि धनी सुदुर पश्चिम कि चेली चर्चित देउडा गायिका रेखा जोशी केवल गीत संगीतको क्षेत्रमा आफ्नो नाम उच्च राख्न सफल भएकी छिन । साथै उहाँले आफ्नो भविष्य केवल गायन क्षेत्र मात्र होइन भन्ने उद्देश्यका साथ पढाइलाई पनि निरन्तरता दिइरहुनभएको छ ।

उहाँ हाल शंकरदेव क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहनुभएको छ । उहाँले व्यवस्थापन तर्फ स्नातकोत्तर अध्ययन गरिरहनुभएको छ । सुमधुर स्वरले आनन्द दिलाउदै सबको मनमा बस्न सफल रेखाले आगामी दिनमा पनि देउडा गीतलाई प्राथमिकतामा राखि अगाडी बढ्ने बताउनुहुन्छ ।

सामान्य परिवारबाट हुर्केकी रेखाले पढाइको सिलसिलामा पनि गित संगीतलाई प्राथमिकता राख्ने गर्दथे । हाल उहाँले गाएका गीतहरु धेरै चर्चामा समेत आएका छन । गायिका रेखा भन्नुहुन्छ “मलाई दर्शक श्रोताहरुको साथ चाहिन्छ, म यसलाई निरन्ता दिन्छु” ।

सुदुर पश्चिममा फराकिलो पृष्ठभुमिमा उहाँको सुमुधुर स्वर ले हरेक को मन जित्न सफल भएकी छिन ।

उहाँको गित मेला, महोत्सव, जात्रा, गाडीको यात्रामा नसुनिने कमै होला, छोटो समय मै चर्चाको शिखर चुम्न सफल गायिका रेखा जोशी ले २०७१ सालमा सांगीतिक क्षेत्रमा पाइला चालेकी हुन ।

उहाँको पहिलो “घुटुक्क बाडुली लाया” गीतबाट सांगितिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । उनको पहिलो गीत ॐ डिजिटल रेकर्डिङ स्टुडियो अत्तरीया कैलाली बाट बजारमा आएको थियो ।

उक्त गीतबाट दर्शक श्रोताहरुको साथ सहयोग तथा थप हौसला र प्रेरणा बढेको र निरन्तर यहि क्षेत्रमा स्थपित गायिका बन्न पुग्नुभयो । उहाँले हालसम्म ३०० भन्दा बढी गित रेकडिङ गरिसक्नुभयो ।

उहाँलाई अझै दर्शकश्रोताहरुको साथ सहयोग र सकारात्म प्रतिक्रियाका साथै थप हौसल मिलि यस क्षेत्रको उच्च विन्दुको पाइला अगाडी बढोस हाम्रो पनि शुभकामना ।

समाचार सेयर गर्नुहोस