फुलन्देकी आमा र काउली बुढीको दशैं ……

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६

काठमाडौं / दसैँ सबै नेपालीको घर दैलोमा नै आइसकेको छ । सबैले आफ्नो जीवन शैली अनुसार र आफ्नो गच्छे अनुसार दसैँ मनाउन थालिसकेका छन् ।

यसै गरी नेपाली फिल्म इन्डस्ट्रीका कलाकारहरूको घरमा पनि दसैँ भित्रिसकेको छ । दसैँको शुभकामना दिने र आफू पनि परिवारसँग दसैँ मनाउन कलाकारहरूले सुरु गरिसकेका छन् ।

त्यस्तै कलाकार तथा मोडल उमेश राई (फुलन्देको आमा) र गायिका तथा सञ्चारकर्मी सन्ध्या बुढा (काउली बुढी)ले यस्पालीको दशैं गाउँघरमै टीका लगाएर पिङ्ग खेल्दै रमाइलो गरि मनाउने तयारी गरेको बताएका छन् ।

पछिल्लो समय म्युजिक भिडियो देखि विभिन्न कार्यक्रममा एकसाथ देखिँदै आएका “सम्धिनी” जोडीले सम्पुर्ण नेपालीहरुलाई विजया दशमीको शुभकामना व्यक्त गर्दै खुशीले रमाउँदै दशैं मनाउन अनुरोध समेत गरेका छन् ।

समाचार सेयर गर्नुहोस