ह्याप्पी बर्थडे प्रिज्मा प्रिन्सी…

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६

काठमाडौं / सामाजिक सञ्जालको नयाँ प्रविधि अर्थात् टिक टक खोलेर एकाएक चर्चामा आएकी टुइन्स गर्ल हुन् प्रिन्सी र प्रिज्मा खतिवडा। यी दिदिबहिनीले टिकटकमा हंगामा मच्चाई रहेकी छिन् । लाखैं युवाहरूलाई आफ्नो अभिनय र सुन्दरतामा लठ्ठ बनाएकी छन् ।

उनीहरूको पहिलो  म्युजिक भिडियो  ‘हाम्रो माया जिन्दाबाद’मा शिशिर भण्डारीसँग देखिएकी थिइन् भने उक्त म्युजिक भिडियो खेली सकेपछि उनीहरू दर्शकको मन मुटु बसिसकेकी छिन् ।

पहिलो म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया आएपछि टुइन्स गर्ल फेरी अर्को म्युजिक भिडियो प्रमोद खरेल र नायक पल शाहसँग ‘झुमा झुमा’  देखिएकी हुन् भने यो भिडियोलाई दर्शकले अत्यधिक रुचाएका थिए किन भने भिडियो प्रमोद र पलकोसाथमा अभिनय रहेको थियो ।

त्यसपछि शिव परियारको गीतमा अभिनय गरेकी जुम्ल्याहा प्रिज्मा प्रिन्सीले अभिनय यात्रालाई निरन्तर अगाडि बढाइरहेकी छिन् ।

१९९८ अक्टोबर ६ मा जन्मिएकी जुम्ल्याहा प्रिज्मा र प्रिन्सी खतिवडाको आज जन्मदिन परेको छ । चौतारी मिडियाको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।

समाचार सेयर गर्नुहोस