अशोक दर्जीको परिवारले यस्पाली दशैं काठमाडौंमा मनाउँदै

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शनिबार, अशोज १८, २०७६

काठमाडौं / दशैंको माहोलमा रमाउन परदेशबाट गाउँघर जानेहरुको सङ्ख्या आजबाट केही मात्रामा कम हुन थालेको छ।

त्यस्तै कलाकारहरुको यस्पाली बडा दशैं कसैले विदेशमा मनाउँदैछन् भने कतिले गाउँमा त अधिकांश कलाकारहरुले य१ बर्षको दशैं काठमाडौंमै बसेर मनाउने बताएका छन् ।

झापाका भाइरल बाल गायक अशोक दर्जीले यो बर्षको दशैं काठमाडौंमै परिवार सँग मनाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्दै आइरहेका अशोक दर्जीका बुवाले दशैं विदा नपाएपछि स-परिवारले दशैं राजधानीमै मनाउन लागेको अशोक दर्जी बताउँछन् ।

यतिबेला अशोक दर्जीको झापामा रहेको नयाँ घरमा ताला लगाएर परिवार नै काठमाडौं आएका हुन्।

समाचार सेयर गर्नुहोस