वर्षा राउत फिचर्ड भिडियो ‘हावा चल्यो’ बजारमा

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, अशोज १५, २०७६

असोज १५ काठमाडौं / गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक हावा चल्यो बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । हेर्नुस भिडियो यस्तो बनेको छ

गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् । संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ । नवराज ज्ञावलीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य साहायक निर्देशकको रुपमा रहेका छन् ।

समाचार सेयर गर्नुहोस