लामो समयपछि राजेश हमाल र करिश्मा मानन्धर एकसाथ पर्दामा ( भिडियो )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, अशोज १२, २०७६

काठमाडौं / एक जमानाका चर्चित फिल्मी जोडी महानायक राजेश हमाल र सदाबहार नायिका करिश्मा मानन्धर लामो समयपछि एउटै पर्दामा देखिएका छन् ।

लोकप्रिय गायिका मेलिना राई र भिम चापागाईंको स्वरमा रहेको “चट्ट बोलम देउरालीमा” बोलको गीत सार्वजनिक भएको छ । गीतकार दीपक शर्माले लेखेको गीतलाई संगीतपनि गीतकार शर्माले नै भरेका छन् ।

गीतको भिडियोमा महानायक हमाल र करिश्मा मानन्धर प्रेमिल संसारमा रमाइरहेका देख्न सकिन्छ, विगतको कुरालाई सम्झिँदै सँगै देउराली बसेर रमाइलो गरौं, भन्ने’ राजेशको अनुरोधलाई करिश्माले तिम्रो छुच्चो ब्यबहार छ भन्दै अस्वीकार गर्छिन् ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको निकैनै रमाइलो भिडियोलाई उत्षव दाहालले खिचेका हुन् भने अच्यत घिमिरेको सम्पादन रहेको छ ।
हेरौ पूरा भिडियो :

समाचार सेयर गर्नुहोस