जिग्री र रक्षा पहिलोपटक एकसाथ मिडियामा ( भिडियो सहित )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शनिबार, अशोज ११, २०७६

काठमाडौं / हास्यटेलिसिरियल “भद्रगोल” बाट सर्वाधिक चर्चामा आएका कलाकार कुमार कट्टेल (जिग्री) र रक्षा श्रेष्ठ पहिलोपटक एकसाथ मिडियामा अन्तर्वाता दिएका छन् ।

पछिल्लो समय भद्रगोलबाट बाहिरिएका कलाकारहरुले नयाँ सिरियल “सक्किगोनी” लिएर आएका छन्, यसै सिरियलको मुख्य पात्र जिग्री र रक्षाले सुरुवाती दिनदेखिनै प्रेमि प्रेमिकाको भुमिकामा देख्न सकिन्छ ।

चर्चित टेलिभिजन शो मुन्द्रेको कमेडी क्लबमा अतिथि बनेर पुगेका जिग्री रक्षा सिरियल भन्दा बाहिर पहिलोपटक एउटै फ्रेममा देखिएका हुन् ।

अन्तर्वार्तामा एक अर्काले खुलेरै मनको कुरा सेयर गरेका छन् । यी जोडीलाई आगामी दिनमा म्युजिक भिडियोमा पनि देख्न पाउने भएको छ । जिग्री भन्छन् : समयले साथ दियोभने राम्रोसँग म्युजिक भिडियोमा रक्षा सँग काम गर्नेछु, रक्षाले पनि थप्दै भनिन् जिग्री सँगै पहिल्यै देखि काम गर्ने रहर छ ।’

रमाइलो अन्तरवार्ता हेर्नुस् :

समाचार सेयर गर्नुहोस