बले र मुन्नी बिच प्रेम देखि विवाह सम्मको कुरा ( भिडियो सहित )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, अशोज ८, २०७६

काठमाडौं / गायक टेकेन दाहालको स्वरमा नयाँ गीत “कालो कोठी” बजारमा आएको छ । गीतलाई गीतकार तथा संगीतकार प्रेम पाण्डेले लेखेका हुन् भने, संगीत पनि पाण्डेकै रहेको छ ।

भिडियोमा हाँस्य टेलिसिरियलका चर्चित अनुहार सागर लम्साल “बले” र प्रियाना आचार्य “मुन्नि”को उत्कृष्ट अभिनय देख्न सकिन्छ । राजिव समरको कोरियोग्राफीमा अर्जुन तिवारीले खिचेको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् ।

उक्त गीतको भिडियोलाई गायक टेकेन दाहालले आफ्नै नामको अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएको हो । हेर्नुहोस् गीतको भिडियो :

बले र मुन्नि गत हप्ताबाट सुरु भएको हास्य टेलिसिरियल “सक्किगोनी”को चर्चित कलाकार हुन् । उनिहरुले यसअघि भद्रगोल नाम टेलिसिरियलमा सँगै काम गरेा थिए ।

समाचार सेयर गर्नुहोस