कबडी ३ को प्रिमियरमा पुगेकी शिल्पा मिडियाबाट भागिन्

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

काठमाडौं / केहिसमय अगाडि घरायसी विवादले चर्चामा आएकी अभिनेत्री शिल्पा पोखरेल पछिल्लो समय उनी गुमनाम छिन् भन्दा फरक नपर्ला, केही अनलाइनहरुमा शिल्पा र छवि बिचको विवाद टुंगिएको खबरहरु आइरहदा उनी कबडी कबडी कबडी को प्रिमियर शो मा देखिएकी थिइन् ।

प्रिमियर शो मा देखिएकी शिल्पा मिडियाबाट भने भागिन् , दर्जनौं सङ्ख्यामा उपस्थित भएका विभिन्न अनलाइनका पत्रकारहरुले उनिलाई प्रश्न गर्दा पनि उत्तर नदिई क्यामरा बाट लुकेकी थिइन् ।

घरायसी विवाद बाहिरिएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् शिल्पा पोखरेल ।

राम बाबू गुरुङ निर्देशित बहुप्रतिक्षित चलचित्र कबडी टिमले आज धुमधामले प्रिमियर शो सम्पन्न गरेका छन् ।

भोलिबाट देशभरको हलमा प्रदर्शन हुनगइरहेको चलचित्र कबडी ३ मा दयाहाङ राई , उपसाना ठकुरी , विल्सन विक्रम राई , बुद्धि तामाङ लगायतका अन्य कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

– फाइल तस्बिर / जय होस

समाचार सेयर गर्नुहोस