समुन्द्रमा तेरियाको पोज…

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

काठमाडौं / भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चामा आएकी नेपाली डान्सर तेरिया मगर त्यतिबेला सानै थिइन् ।

मात्रै १४ वर्षको उमेरमा यो रियालिटी शो जितेपछि उनी निकै चर्चामा आइन् । लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् ।

चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् । रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ ।

अहिले तेरिया १८ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । यतिबेला तेरिया मगर म्यानमारको सुन्दर ठाउँहरुमा घुमघाम गरिरहेका छन् ।

हेरौ तस्बिरहरू /

समाचार सेयर गर्नुहोस