जुुम्लाको स्याउ बगैंचामा रमाउँदै पुर्णिमा लामा – [फोटो फिचर]

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ ३१, २०७६

काठमाडौं / सानैदेखि गायनमा रुचि राख्ने पुर्णिमा लामा सांगीतिक माहोलमा हुर्किएकी धादिङकि चेलि हुन् । विगत केही बर्ष अगाडि एक अनलाइनमा अन्तरवार्ता दिँदै स्वरकी धनी गायिका अञ्जु पन्तको नबिर्से तिमिलाई नपाए तिमिलाई , तिम्ले पराई ठानेपछि लगायत थुप्रै गीत गाएपछि उनको चर्चा ह्वात्तै चुलिएको हो ।

सामाजिक सञ्जालमा भाइरल भए सँगै पुर्णिमा लामाले क्रमशः गीत रेकर्डिङ गर्ने मौका पनि पायो, त्यसपछि देशविदेशको सांगीतिक कार्यक्रममा पनि जान थालिन् ।

सुरिलो मीठो स्वरकी धनी गायिका पुर्णिमा लामा यतिबेला सांगीतिक कार्यक्रमकै लागी जुम्ला पुगेकी छिन् । जुम्लामा पाइने नेपालको अर्गानिक स्याउ बगैंचामा रमाइरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

समाचार सेयर गर्नुहोस