रीमाको मायामा कृशल कंडेल ( भिडियो )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, भदौ २९, २०७६

काठमाडौं / मेलिना राईको स्वरमा ‘हाम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक आधुनिक गीतमा नेपाल आइडलका कृशल कंडेल र रिमा गौतमले मोडलिङ गरेका छन् ।

अशोक कुमार तामाङको शब्द रहेको गीतमा सुर्य दयालुको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई जिवन शाहीले निर्देशन गरेका हुन् ।

नेपाल आइडलको दोश्रो संस्करणमा सहभागी भइ सुमधुर स्वर मार्फत प्रिय बनेका कृशलले मोडलिंगमा पनि पाइला अगाडी बढाएका छन् ।

उसो त उनले आफुले गाएका दुई वटा गीतहरुमा मोडलिङ गरिसकेका छन् । सेड्रिना शर्मासँग कृशलले मोडलिङ गरेको ओढेर घुङघट गीत र भिडियो रुचाइएको थियो ।

समाचार सेयर गर्नुहोस