निलो साडीमा सजिइन् साम्राज्ञी ( फोटो फिचर )

काठमाडौं २३ साउन /नेपाली नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बेला बेलामा विवादमा आइरहने नायिका हुन् । केहीसमय अघि भने प्रेमीसँगको औधी बोल्ड तस्बिर सेयर गरेपछि उनले दर्शकको नराम्रोसँग गाली खाइन् । रिसको झोकमा साम्राज्ञीले कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ भन्दै स्टाटस समेत लेखिन् ।
त्यसपछि त झन् उनको नराम्रोसँग विरोध भयो । अहिले साम्राज्ञीलाई दर्शकले हेर्ने दृष्टिकोण केही परिवर्तन भएको छ । यसैबिच साम्राज्ञीले आफ्नो इन्ष्टामा एक भिडियो सेयर गर्दै यति धेरै घृणा किन भनेर प्रश्न गरेकी छिन् । साथै उनले दर्शकलाई आफ्नो बहुमूल्य समय केही राम्रो काम गर्नमा खर्च गर्न समेत आग्रह गरेकी छिन् ।
नेपाली सिनेमा क्षेत्रमा कम समयमा नेम र फेम कमाउँन सफल नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह । ड्रीम्सबाट आफनो अभिनय यात्रा थालेकी साम्राज्ञीको काम र स्टारडमको चर्चा सधै भयो । तर पछिल्लो समय उनी चाहेर वा नचाहेर निकै बिवादमा आउँने गरेकी छैनन् । कहिले झुठो विवादास्पद अभिव्यक्तिको कारण त कहिले उनको प्रेम सम्बन्धको कारण । कुनै न कुनै रुपमा उनी आलोचनामा आउँने गरेकीछिन् । पछाडी फर्केर हेर्दा साम्राज्ञी सबैभन्दा बढि आफनो तस्बिरहरुको कारण आलोचनामा आउँने गरेकीछिन् ।
कायरा फिल्मको सुटिङको दौरान ट्याटु खोप्दाको तस्बिरमा पनि उनले निकै गाली खानु परेको थियो भने पछिल्लो पटक साम्राज्ञी र उनको प्रेमीबीचको तस्बिरले सम्भवत उनले अहिलेसम्मकै बढि आलोचना र गाली खेप्नु प¥यो । त्यसमाथि उनले झनै आफुलाई नकरात्मक टिप्पणी गर्नेलाई कुकुरको संज्ञा दिएपछि त झनै साम्राज्ञी आलोचित बनिन् । केही दिन अघि मात्र साम्राज्ञीको मारुनी फिल्मको टे«लर सार्वजनिक भएको छ । जुन टे«लर र अन्य कलाकारको खुबै प्रशंसा भईरहेको छ तर साम्राज्ञीको खासै छैन ।

काठमाडौं / ‘पछिल्लो समयको निकै नै लोकप्रिय र चर्चित हँस्य टेलिसिरियल “सक्किगो...

काठमाडौंं / आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट...

काठमाडौं / भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु झापा...

काठमाडौं / मंसिर १९ गते अर्थात आज स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २९औं...

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ...