२ बर्षको लागि क्यानडा उडिन् एलिजा गौतम

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

काठमाडौं / बेलाबेला चर्चामा आइरहने फिल्म ‘अनुरागकी’ नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम मंगलबार साँझ क्यानडा उडेकी छिन् । छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुई वर्षको लागि त्यसतर्फ लागेकी हुन् ।

छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा पुगेका थिए । क्यानडा जान लागेको एलिजालाई भेट्न केही सञ्चारकर्मीहरु पनि एयरपोर्टमा पुगेका थिए ।

एरिकाको जन्मजात नै बायाँ हात छैन । सोही हात राख्न एलिजा लामो समयको लागि क्यानडा गएकी हुन् । छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा पुगेका थिए । भने धमला निकै भावुक बनेका थिए ।

हरितालिका तीजको व्रत बसि श्रीमान ऋषि धमलाको गोडा धोएर पानी खाएको फोटो भाइरल बनेपछि, एलिजा चर्चा र विवादमा मुछिएकि थिइन् ।

समाचार सेयर गर्नुहोस