गुन्यु चोलीमा आँचल र आश्मा …

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

नायिका आँचल शर्मा अभिनित नयाँ म्युजिक भिडियो एकान दुईकान मैदान सार्वजनिक भएको छ । उक्त भिडियो नायिका आँचल शर्मा सँगै चर्चित डान्स ग्रुप कार्टुन क्रु का आश्मा विश्वकर्मा र सरोज अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय नेपालि सिने उधोगकि हटकेक हुन् आचल शर्मा । फिल्ममा प्रमुख पात्रको रुपमा अभिनय संगै उनको व्यस्तता म्युजिक भिडियोमा पनि निक्कै बढिरहेको छ । फिल्मबाट फुर्सदको बेला म्युजिक भिडियोमा समय दिने उनको हरेक साता जसो म्युजिक भिडियो युट्युबमा सार्बजनिक भैरहने गर्छ ।

यस्तै हालै एक गीतको म्युजिक भिडियो उनको अभिनय तथा नृत्यमा सार्बजनिक भएको छ । लोक लयमा तयार गरिएको गीतमा आशिष सचिन गौतम र मेलिना राईको युगल गायन रहेको छ । गीतलाई हिमांशु रायमाझी ‘गोधुली’ले लेखेका हुन् भने भिम बिसीले कम्पोज गरेका छन् । उदय राज पौड्यालले एरेन्ज गरेको गीतको भिडियो यस्तो बनेको छ ।

सार्बजनिक ‘एक कान दुई कान मैदान’ बोलको गीतमा नायिका आचल शर्मा संग गायक आशिष सचिनले कम्मर मर्काएका छन् । यता गीतको भिडियोमा अर्का चर्चित जोडी कार्टुञ्ज क्रुका आष्मा बिश्वकर्मा र सरोज अधिकारीलाई पनि कम्मर मर्काउदै गरेको देख्न सकिन्छ ।

यता सिने जगतमा कहलिएको नाम सरोज खनाल संगै पछिल्लो समय ‘म्याकुरी’ थेगोले सामाजिक संजालमा भाईरल भएका पवनलाई पनि देख्न सकिन्छ । एटके एभरेस्ट मोसन पिक्चर नामक युट्युब च्यानल मार्फत सार्बजनिक गीतको भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारीले भिडियो छायांकन गरेका हुन् । दिपक आचार्यले निर्देशन गरेको उक्त भिडियो जीवन थापाले सम्पादन गरेका हुन् ।

समाचार सेयर गर्नुहोस