‘एकान दुई कान मैदान’मा आश्मा विश्वकर्मा , आँचल शर्मा र मेलिना राई ( भिडियो )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

काठमाडौं / गायक आशिष सचिन (गौतम) र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन (माकुरी) फिर्चड छन् ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।

अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेको हुन् ।

गीतको भिडियो निकैनै उत्कृष्ट बनेको छ, गाउले जीवनको कथा वस्तु र हाउभाउमा आधारित रहेर भिडियो निर्माण गरेको देखिन्छ ।

भिडियो :

__________________________

यो पनि पढौ

काठमाडौँ- दर्जन बढि लोकप्रिय गीतहरुमा कलम चलाइसकेका लोकप्रिय सर्जक घनश्याम तिवारीको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ दशै गीत ‘अक्षताको थाली’ भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द सिर्जना सहितको सो गीतमा परदेशीका पिडालाई कलात्मक रुपले प्रस्तुत गरेको छ ।लोकप्रिय तथा चर्चित गायक राजु परियार र सुश्मा विसीको आवाज रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सीनाले गरेकी छन भने प्रकाश धमलाले सम्पादन गरेका छन । गीतमा विपेश घिमिरे र साया भण्डारीको अभिनय रहेको छ । आउनुहोस सो गीतको पुरै म्युजिक भिडियो हेरौं

___________________________________

काठमाडौं – आज चर्चित अभिनेता जीवन लुइँटेलको जन्मदिन परेको छ । उनी आज आफ्नो ३८औं जन्मदिन मनाउदैछन् । चलचित्र ‘नाई नभन्नु ल’ बाट नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाएका उनी धेरै दर्शकले मनपराउने अभिनेतामा पर्छन् । चलचित्र ‘तिर्खा’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका लुइँटेल पछिल्लो समय भने चलचित्रमा देखिएका छैनन् ।

उनी चलचित्रमा रमाउँदा रमाउँदै चलचित्र क्षेत्रबाट विस्तारै हराउँदै गएका छन् । हाल अमेरिकामा जिन्दगी चलाइरहेका उनी अब चलचित्रको पुरानै स्थानमा आउने सम्भावना निकै कम छ । उनले हालसम्म नाइ नभन्नु ल, बिन्दास, स्टुपिड मन, अन्दाज, ऋदम, ठूली, भूलभूलैया, नोटबूक लगायतका चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।

समाचार सेयर गर्नुहोस