बजारिदेऊ छातीमा घन हाँसिरहन्छु : अदिती अर्याल ज्ञवाली

गजल
चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

दुखेपनि आखिर  यो  मन  हाँसिरहन्छु।

भई  क्यारे  पागल  भन्छन् हाँसिरहन्छु।

_____________________________

अरूले त माया गर्छन्  रूखो बोल्दैनन्,

लाउँछन् आफन्तले  वचन हाँसिरहन्छु।

____________________________

रुवाउने कोशिसहरू  खुबै गर्छन्  यार,

किन रुन्थेँ  होला  म झन्  हाँसिरहन्छु।

___________________________

रिस,  राग  र   दुश्मनी  छैन  कसैसँग,

भुल्दिन  म   आफ्नोपन  हाँसिरहन्छु।

___________________________

यतिसम्म  स्वतन्त्रता  दिन्छु  तिमीलाई,

बजारिदेऊ  छातीमा  घन  हाँसिरहन्छु।

___________________________

लेखक : अदिती अर्याल ज्ञवाली

धादिङ ( हाल : काठमाडौं )

 

समाचार सेयर गर्नुहोस