घान्द्रुकमा मलिना जोशी

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

काठमाडौं / अभिनय भन्दा पनि प्रेमको कारण बेलाबखतमा चर्चामा आउने नायिका हुन् मलिना जोशी । सन् २०११ मा मिस नेपाल जितेसँगै मलिना चलचित्र क्षेत्रमा सक्रिय छिन् । करिब ६ वर्षको सिने करियरमा मलिनाको नाममा एउटा पनि हिट चलचित्र छैन ।

यो वर्ष उनी अभिनित तीन चलचित्र संरक्षण, लीला र रानी सुपर फ्लप भए । चलचित्र भन्दा पनि मलिना नायक अनुपबिक्रम शाहीसँगको प्रेमसम्बन्धको कारण बढी चर्चामा आइन् । भलै यी दुई एकअर्कासँग टाढा छन् ।

तर पछिल्ला दिनमा मलिना नायक सारुख ताम्राकारको प्रेममा रहेको चर्चा सुरु हुन थालेको छ । चलचित्र रानीमा एकसाथ काम गरेका मलिना र सारुखको एकअर्कासँग निकै नजिक रहेको उनीहरूको तस्बिरले प्रस्ट पार्छ ।

सामाजिक सञ्जाल होस या कुनै कार्यक्रम प्राय मलिना र सारुखसँगै हुन्छन् । मङ्गलवार मलिना चलचित्रको गीत सार्वजनिक कार्यक्रममा मिडियासामु आइन् । उनलाई सारुखसँगको सम्बन्धको विषयमा प्रश्न गरिएको थियो ।

तर मलिनाले आफूहरू प्रेममा रहेको कुरा स्वीकार गरिनन् । भन्छिन् ‘हामी मिल्ने साथी हौ । बरु धेरै प्रेमको चर्चाको कारण म सिंगल छु ।’

समाचार सेयर गर्नुहोस