‘भद्रगोल’बाट किन बाहिरिए पुराना कलाकार ? कारण यस्तो छ

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

काठमाडौं / विगत ६ बर्ष देखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हाँस्यटेलिसिरियल भद्रगोलबाट सुरुवाती दिनदेखिनै देखिँदै आएका कलाकारहरु बाहिरिएका छन् । मिडिया हव एजेन्सी र नेपाल टेलिभिजनको सहकार्यमा निर्माण हुँदै आएको भद्रगोल केही समय बन्द भएपनि पुन सञ्चालनमा आएको छ। तर,पुराना र चर्चित अनुहारहरु भने देखिएका छैन ।

पछिल्लो समय भद्रगोललाई लेखन तथा निर्देशन दुवै बाटो अंगालेर अगाडि बढाइरहेका कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) किन पछि हटे भन्ने धेरैको चासोको बिषय बनेको छ यतिबेला।’ भद्रगोलका पुराना टिमले आफुहरुले समयमा पारिश्रमिक नपाएको र आफ्नै सृजना आफ्नो अधिकार नभएको भन्दै बाहिरिएका बताउँदै आएका छन् ।

मिडिया हब एजेन्सीका प्रबन्ध निर्देशक सोम धितालले एक अनलाइन टेलिभिजनमा कुरा गर्दै भद्रगोलका पुरानो टिम सँग काम गर्न अझैपनि तयार रहेको बताएका छन् ।

मिडिया हबका अनुसार युट्युवको कुरालाई लिएर भद्रगोल साच्चिकै भद्रगोल हुन पुगेको बुझ्न सकिन्छ । नियमित प्रसारण भइरहेको भद्रगोललाई जिग्रि , पाँडेले नयाँ युट्युब च्यानलबाट सार्वजनिक गर्न माग गरेको र मिडिया हबले आफ्नो र जेपेटि क्रियसन युट्युव च्यानल भन्दा बाहिर को युट्युबाट सार्वजनिक गर्ने कुरा अस्विकार गरेपछि विवाद बढेको हो” ।

नयाँ कलाकार कसरी भित्रियो ?

जिग्रि पाँडे सँगको छलफल निष्कर्षमा नपुगेपछि नेपाल टेलिभिजनलाई हरेक हप्ता पुरानो भाग पठाउँदै प्रसारण गर्न लगाउनु पर्ने भएकोले नयाँ कलाकारलाई बिना सम्झौता र हतारमा भित्र्याउनु परेको सोम धिताल बताउँछन् । नयाँ भागलाई ज्योति काफ्ले र अशोक धितालले लेखन तथा निर्देशन गरेका हुन् ।

पुराना कलाकार भद्रगोलमा देखिने सम्भावना कति ?

मिडिया हब सहमतिमा अगाडि बढ्न तयार देखिन्छ, सोम धिताल भन्छन् : हामी गर्छौं भनेर आएको खण्डमा ढोका सधै खुल्ला छ, केहि हिसाब किताब पनि बाकि नै छ ।

अन्ततः भद्रगोलका पुराना कलाकारहरुले यहि असोज २ गतेबाट नयाँ सिरियल लिएर आउने पक्का भइसकेको छ । नयाँ सिरियलको नाम भने सार्वजनिक गरेको छैन ।

समाचार सेयर गर्नुहोस