प्रमोद खरेलको ‘भुपु माया’ {भिडियो सहित}

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

काठमाडौं :चर्चित लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको नयाँ आधुनिक गीत ‘ए भुपु माया’ सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोमा माया प्रेमको रमाइलो किस्सा सँगै वियोगान्त पीडालाई पनि समेटिएको छ। एक व्यक्ति दुईजनाको मायाजालमा फस्दा जिन्दगीमा कति दु:ख पीडा भोग्नु पर्छ भन्ने कुरालाई स्पष्ट देखाउन खोजिएको छ ।

गीतलाई रोशन सिंले लेखेका हुन् भने, संगीत पनि रोशन सिं कै रहेको छ । चर्चित छायाकार राजेश घिमिरेले छायाकन गरेको गीतको निर्देशन कपिल लामाले गरेका छन् ।

गीतको भिडियोमा चर्चित मोडेल विमल अधिकारी, देवेनी ओली र कृष्ण सापकोटाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतको भिडियो विमल अधिकारी भवानी म्युजिकको अफिसियल युटुव च्यालनबाट सार्वजनिक गरिएको छ ।

(भिडियो हेर्नुहोस्)

समाचार सेयर गर्नुहोस