पशुपति शर्माकाे दशैँ गीत

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

काठमाडौं /  गायक तथा सर्जक पशुपति शर्माको तीज गित बजारमा आएको छ, शर्मालाई चर्चित गायिका टीका पुनले साथ दिएकी छिन्। `मामा घर जाम´ बोलको गीतलाई आशिष म्यूजिक नामकाे युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।

पशुपति शर्माकै शब्द र संगित रहेकाे दशैँ गितमा करिश्मा ढकाल र पशुपति शर्माकै उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

विनाेद बजुरालिले व्यवस्थापनमा साथ दिएकाे भिडियोलाई नवीन घर्ती मगले ईडिटिङमा साथ दिएका हुन । भिडियाेकाे छायांकन दिनेश राईले गरेका हुन् भने भिडियाे निर्देशन माैषम हिमालिले हरिकि छन् ।

पूरा भिडियाे तलकाे लिङ्बाट हेर्नुहाेस् :-

यो पनि पढौ :

काठमाडौँ : हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गर्छन् ।

यो हिन्दू धर्मवलम्बीहरूले महान चाडको रुपमा मान्ने गरिन्छ। यस वर्ष असोज २१ गते परेको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

यसैगरि घटस्थापनाको शुभ साईत भने असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा नै रहेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकरी दिए ।

उनका अनुसार विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विर्सजन गरेर टीका ग्रहण गर्न सकिने भएपनि उत्तम साइत भने १० बजेर ३५ मिनेटमा रहेको छ । यस्तै असोज २६ गते आइतबार दशैंको अन्तिम वा क्रोजागत पूर्णिमाको दिन भने जतिबेला पनि जमरा सेलाउन सकिनेछ।

वडा दशैंको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। यस दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले भोलीको दिनलाई घटस्थापना भन्ने गरिएको हो। यस् दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरि विजया दशमीको दिन दुर्गा देवीको प्रसाद लगाउने गरिन्छ।

समाचार सेयर गर्नुहोस