क्यानडामा मेलिना राई ( फोटो फिचर )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६

स्वरकी धनी चर्चित लोकप्रिय गायिका मेलिना राई यति कार्यक्रमको दौरानमा क्यानडा पुगेकी छिन् । तीज विशेष कार्यक्रममा प्रस्तुति दिनको लागि केही दिन देखि क्यानडामा रहेकी मेलिनाले सामाजिक सञ्जालमा हरेक दिन नयाँ ताजा तस्बिरहरू सार्वजनिक गर्दै आइरहेकी छिन् ।

सामाजिक सञ्जालमा सक्रिय देखिने सेलिब्रेटी मध्य उनी पनि एकहुन्, हरेक अपडेटहरु सँग सामाजिक सञ्जालमा झुल्कीरहने मेलिना राईको नयाँ नयाँ गीतहरु दिनानुदिन बजारमा आइरहेको छ ।

भर्खरै मात्र सार्वजनिक भएको मेलिना राईको स्वरमा ” दिल चोर्ने माकुरी” बोलको गीत अहिले चर्चामा रहेकोछ, जस्मा पल शाह र एलिशा राईको अभिनय देख्न सकिन्छ ।

सुन्दरी गायिका मेलिना राईले क्यानडामा कैद गरेका केही तस्बिरहरू हेर्नुहोस् ।

समाचार सेयर गर्नुहोस