भाइरल समाचारवाली

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६

सामाजिक सञ्जालमा बेला बेला केहि न केहि भाईरल भैरहेका छन् । सामान्य व्यक्ति देखि कहिले कलाकार, कहिले पत्रकार, कहिले बाबाजी लगायत अन्य धेरै कुराहरु भाईरल भैरहेका छन् ।

यस्तैमा हालै समाचार बाचिका सामाजिक सञ्जालमा भाईरल भैरहेकी छन् । उनि नराम्रो पक्षले भन्दा राम्रो पक्ष अर्थात उनको सौन्दर्यताको कारण भाईरल भैरहेकी छन् । भाईरल हुदै गरेकी उनि कान्तिपुर टेलीभिजनमा समाचर प्रस्तोताको रुपमा कार्यरत छिन । उनि हुन् श्री पाण्डे ।

खोजि गर्दै जादा उनि टिकटकमा पनि लोकप्रिय रहेको पाईयो । उनलाई टिकटिकमा फलो गर्नेहरु १ लाख ८१ हजार बढि छन् भने उनले हालेका टिकटकहरुमा लाखौ भ्युज आएका छन् । श्री समाचार वाचिका मात्र नभएर एक राम्रो मोडल पनि हुन् ।

हिमालय टेलीभिजनबाट समाचर बाचन सुरु गरेकी पाण्डेले अहिले कान्तिपुरमा समाचार बाचन गछिन् । उनि करिब ३ बर्षदेखि समाचर बाचन गर्दै आएको छिन् । सानैदेखि क्यामाराको अगाडि काम गर्ने रुचाउने श्री अत्यन्तै सुन्दर पनि छिन् । उनले यसरि भाईरल भएको बिषय थाहा पाएपछि आफ्नो फेसबुक आईडि बाट यस्तो लेखेकी छन् ।

उनले समाचार भन्दै गर्दाको तस्विरहरु सामाजिक संजाल फेसबुकको थुप्रै ग्रुपहरुमा यतिबेला छ्याप्छ्याप्ती भेटिन्छन ।

– Dthree online को सहयोगमा

समाचार सेयर गर्नुहोस