सन्ध्याको सेल्फी …( फोटो फिचर )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

मुस्कान / चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढाको लोकप्रियता लोभलाग्दो छ, उनी गायिका मात्र हैन कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार मध्य सन्ध्या बुढाको नाम पनि जोडीन्छ ।

सन्ध्या बुढाले अनलाइन टेलिभिजनमा “काउली बुढी” नामक एक कार्यक्रम सञ्चालन गर्न थालेपछि धेरै दर्शक स्रोता माझ काउली बुढी नामबाट परिचित बनेका हुन् ।

उनी एक बृद्धा हो भन्ने धेरैमा भ्रम थियो “हाम्रो हजुरआमाको उमेर भको मान्छेले कति राम्रो कार्यक्रम चलाएको” भनेर धेरैले टिप्पणी गरेको पनि देखियो, ‘तर; अचानक उनी चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन २ मा प्रतिस्पर्धि बनेर पुगिन्, त्यसपछि सबैको आखाको कालो पट्टी सदाको लागि हट्यो ।

नेपाल आइडलको अडिसनमा उनले काउली बुढीको पहिरनमा जब आफ्नै असली स्वरमा गीत गाइन् सबै दंग परे , त्यसपछि झनै सन्ध्या बुढा उर्फ काउली बुढीको चौतर्फी चर्चा चल्यो’ तर उनको नेपाल आइडल बन्ने सपना अधुरै रह्यो ।

सुर्खेतकी चेली सन्ध्या बुढाको नाम लोकप्रिय कार्यक्रम इन्द्रेणीमा पनि जोडिएको छ । उनको सांगीतिक यात्रा इन्द्रेणी कार्यक्रम बाटै भएको थियो ।

उनी यतिबेला पाल्पा जिल्लामा अबस्थित तालपोखरी रामपुरमा पुगेर समाजिक सञ्जालमा केही तस्बिरहरू सार्वजनिक गरेकी छिन् । हेरौ तस्बिर :

समाचार सेयर गर्नुहोस