अष्ट्रेलियामा अञ्जु पन्त…

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६

काठमाडौं १६ भदौ / हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा विदेशमा आयोजना गरेका कार्यक्रमहरुमा सहभागी हुन अधिकांश नेपाली कलाकार हरु बिदेशीएका बेला, लोकप्रिय गायिका अञ्जु पन्त पनि तीज कार्यक्रमकै लागि अष्ट्रेलिया पुगेकी छिन् ।

पन्तले सामाजिक सञ्जालमा अष्ट्रेलियामा कैद गरेका केही तस्बिरहरू सार्वजनिक गर्दै, तीजको शुभकामना पनि ब्यक्त गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा विगत लामो समयदेखि सबैको मनमुटुमा बस्न सफल गायिका अन्जु पन्तको अहिलेपनि बजारमा थुप्रै नयाँ गीतहरु आइरहेको छ ।

सुगम संगीतबाट सांगीतिक यात्रा सुरु गरेकी गायिका अञ्जु पन्तले पछिल्लो समय धेरै चलचित्रको गीतहरुमा आवाज दिएका छन्। ।”

गायिका पञ्त सामाजिक कार्यमा पनि निकैनै अग्रसर छिन् । उनले केही दिन यता अञ्तु पन्त फाउन्डेसन द्वारा एक बिद्यालयका बिद्यार्थीलाई झोला किताब कापी वितरण गरेका थिए ।

समाचार सेयर गर्नुहोस