रहरको सँगै बाध्यता…

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६

काठमाडौं / हिन्दुहरु नारीहरुको महानपर्व हरितालिका तीज विभिन्न कार्यक्रम र मन्दिरमा पूजा आरधाना गरि मनाइएको छ । विशेष गरि राजधानीको पशुपति नाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरु एकदमै घुइँचो लागेको थियो ।

हजारौंको सङ्ख्यामा उपस्थित भएका दर्शनार्थीहरुको भिड भित्र सुरक्षमा खटिएका नेपाल प्रहरीमा कार्यरत चेलीहरु तिर सबैको ध्यान केन्द्रित थियो, सबै जना रातो साडी, रातो चुरा हातभरी लगाएर पूजा गरिरहेका बेला डिउटीमा रहेका सुरक्षाकर्मी चेलीहरु पनि पूजा गर्न र भिड सम्हाल्नमा व्यस्त देखिन्थ्यो ।

पशुपतिनाथ मन्दिरमा कैद गरिएको यो तस्बिर हेर्नुहोस् ।

तीजको माहोललाई जस्ताको तस्तै क्यामरामा कैद गर्न सञ्चारकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो, उनिहरु पनि अरु रमझम छाडेर सुरक्षाकर्मी चेलीहरुको तस्बिर कैद गरिरहेका थिए ।

समाचार सेयर गर्नुहोस