प्रकाश सपूतलाई गायक बनाउने घरगाउँ ( भिडियो सहित )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६

काठमाडौं ११ भदौ / चर्चित लोकप्रिय गायक प्रकाश सपूतको जन्मथलो बाग्लुङ हो, ‘पछिल्लो समयको उनको लोकप्रियता आक्रमक देखिन्छ ।

सामाजिक सञ्जाल , गीतको भिडियो र टेलिभिजनको पर्दामा देखिने प्रकाश सपूतको घरगाउँ कस्तो होला भन्ने सबैलाई चासोको बिषय बनेको बेला, आमदर्शक स्रोतको चासो गुनासोलाई समेट्दै गाउँ गाउँमा पुगेर कार्यक्रम निर्माण गर्दै आइरहेको चर्चित कार्यक्रम साझा सवाल टिमले यो पटक बागलुङ सम्म पुगेर कार्यक्रम निर्माण गरेको छ ।

सांगीतिक यात्राको सुरुवाती दिनदेखिनै दु:ख पीडाहरुको गीत गाउन र लेख्न रुचाउने प्रकाश सपूतले प्रदेशीहरुको कथाव्यथालाई समेटेर बनाएको गीतहरु अहिले पनि सर्वाधिक चर्चामा छ ।

लोकप्रिय कार्यक्रम साझा सवालको प्रस्तोता सुवास कार्कीले गायक सपूतको घर गाउँमा पुगेर निकै नै उत्कृष्ट कार्यक्रम तयार पारेका छन्

भिडियो हेर्नुहोस् :

प्रकाश सपुतको यस्तै छ कहानी परदेशीको, बोल माया , गलबन्दी , दोहोरी ब्याटल जस्ता चर्चित गीतहरु अहिले पनि लाखौ दर्शक स्रोताको मनमा गुन्जिरहहेको छ ।

समाचार सेयर गर्नुहोस