रवि लामिछाने समर्थनमा : शान्तिश्री परियारको आवाज ( भिडियो सहित )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६

काठमाडौं / जन्म दिनको अवसर पारेर लोकप्रिय गायिका शान्तिश्री परियारले सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा गीत गाएकी छिन् । यसअघिको पनि रवि लामिछानेको समर्थनमा गीत गाइसकेकी शान्तीश्रीले, ‘पछिल्लो अवस्थालाई जस्ताको तस्तै गीत मार्फत प्रस्तुत गर्न खोजेकी छिन् |

रवि लामिछाने यति बेला पुर्व सहकर्मी साथी गुमाउनुको पीडा सँगै अनुसन्धानको लागि चितवन प्रहरी हिरासतमा छन् ।

गायिका शान्ती श्री परियार र वीरेन्द्र खड्का र प्रशान्त परियारको आवाज रहेको सो गीतमा वीरेन्द्र खड्काको लय तथा शब्द सिर्जना रहेको छ ।

आउनुहोस् सो गीतको पुरै भिडियो

रवि लामिछानेलाई हिरासतमा राखेको ११ अौ दिन अर्थात भोलि चितवन जिल्ला अदालत उपस्थित गराइँदैछ, ‘भने उनी रिहा हुन्छ अथवा हुन्न भन्ने भोलि अदालतको निर्णय पछि थाहा हुनेछ ।

रवि रिहाइको माग गर्दै कलाकारहरुले आज काठमाडौं रिपोर्टस क्लबमा पत्रकार सम्लेन गरेका थिए , जसमा बरिस्ठ हास्यकलाकार दीपकराज गिरी , रमेश उप्रेती एक्सन स्टार निखिल उप्रेती , निर्मल शर्मा लगायतका कलाकारहरुको उपस्थिति थियो ।

समाचार सेयर गर्नुहोस