टिकटकमा भिडियो बनाउने, पैसा कमाउने

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

काठमाडौं / नेपाली लोक संगीत क्षेत्रकी सफल गायिका कला लम्सालको तीज कोशेली बजारमा आएको छोटो समयमै बिबादमा पनि परेको छ।गीत चोरी भएको झुटो आरोप लागे संगै कला बिबादमा आएकी थिईन।शिब हमालले सृजना गरेको उक्त गीत कसरी चोरी भयो भन्ने बिषय बहसमा जोडिएको छ।

सोहि बहसको क्रममा कला भन्छिन म माथि अन्याय भएको छ,गीत कुनै कोणबाट मिलेकै छैन यो फेसन जस्तै भएको छ चोर्यो भन्यो अनि हिट हुन् खोज्यो जसले गर्दा मेरो मानहानी भएको छ । आफुलाई आरोप लगाउने माथि कला कडा रुपमा उत्रने चेतावनी समेत दिएकी छिन।

कलाले गाएको पातली अहिले युटुबमा सर्बाधिक हिट छ।उक्त गीतको टिकटक पनि उतिकै बनिरहदा एता गायिका कला लम्सालले भने टिकटक बनाउनेलाइ पनि उपहार दिने भएकी छिन्।

३ जनालाई ४५ हजार सम्मको उपहार दिने घोषणा भएको छ।उक्त गीतको कलाकारहरुको टिमकै निर्णयमा उक्त बिजेतालाई पुरस्कार दिने घोषणा गरिएको छ ।

समाचार सेयर गर्नुहोस