गरिब दुखी र पीडितहरुको लागि लडिरहेका छौ सधै लडि रहनु – क्याप्टेन विजय लामा

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

काठमाडौं / पत्रकार पुडासैनी घटना प्रकरणमा चर्चित सञ्चारकर्मी रवि लामिछाने , युवराज कडे , रुकु कार्की ( अस्मिता ) अनुसन्धानको लागि चिचवन प्रहरी हिरासतमा रहेको बेला सामाजिक सञ्जाल जताततै यति बेला रवि कै चर्चा छ ।

गत साउन ३० गते साझ न्युज २४ कार्यलयबाट प्रहरीले अनुसन्धानको लागि भनेर हिरासतमा लिइएका रवि लामिछाने , युवराज कडेल र सोही दिन दिउँसो कलंकी बाट प क्राउ परेकि रुकु कार्कीलाई यतिबेला चितवन जिल्ला अदालतले अनुसन्धानको लागि भनेर थप ५ पाँच दिनको म्याद थप गरि हिरासतमा राख्ने अनुमति दिएको छ ।

  • अस्तव्यस्त बनेको छ यतिबेला चितवन शहर, लामिछाने प क्राउ परेको भोलिपल्ट देखि रिहाइको माग गर्दै समर्थकहरुले शान्तिपूर्ण आन्दोलन जारीखेका छन् । “धेरैले आज रिहा हुन्छ भन्ने आशा गरेका थिए” तर नतिजा ठिक विपरीत आइदियो । जे होस निस्पक्ष छानबिन हुनु पर्छ भन्ने सबैको माग रहेको छ ।

त्यस्तै प्रहरी हिरासतमा रहेका लामिछानेको पक्षमा वरिष्ठ व्यक्तिहरुले पनि आवाज उठाइरहेका छन् । भर्खरै वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो फेसबुक मार्फत यस्तो लेखेका छन् ।

Ravi Lamichane bhai…सत्यको लडाइमा जैले कठिनाइहरु आउछन! कहिले सजिलो हुन्न! सधै सत्यको पक्छ्लाइ नै अङाली रहनु!

अन्ततः सत्यको नै जित हुन्छ!

गरिब दुखी र पीडितहरुको लागि लडिरहेका छौ सधै लडि रहनु! सत्यको सारथि बनी नै रहनु!!!

जय चन्द्र सुर्य!

यश बिययमा महजोडी लगायत धेरैले लेखिरहेका छन्, ‘तर; अहिलेसम्म भेट्न भने गायक रामकृष्ण ढकाल र अभिनेता रमेश उप्रेती मात्र चितवन पुगेका छन् ।

समाचार सेयर गर्नुहोस