पिपलको रूख भगवानको स्वर्ग

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

अथर्ववेदकाअनुसार पिपलको रूख भनेको भगवानहरुको स्वर्ग हो भनिन्छ र हॉमीहरुले शनिवारको दिन यस रूखमा भगवान विष्णु साथ–साथै उनकी अर्धाङ्गिनी लक्ष्मीको बास हुन्छ,यसकारण शनिवारको दिन यस वृक्षमा जलको अभिषेक गरेमा भगवान प्रशन्न भई,धन लाभ समेत हुने धार्मिक विश्वास छ !

त्यसैगरी आयुर्वेद विज्ञानका अनुसार,पिपलका प्रत्येक अंग जस्तै पात,बोक्रा,बीऊ र यसका फलहरु औषधिमूलक हुन् र यसको सहायताले प्राचीन कालदेखि नै धेरै रोगहरू निको भएको मानिन्छ वैदिक कालमा, पिपलको रूखका हाँगा दाउराको रुपमा प्रयोग गरिन्थ्यो ।

प्राचीन पुराणको एउटा घटनामा यसको वर्णन गरिएको छ जसमा दानवहरुले देवताहरूलाई पराजित गर्ने क्रममा भगवान विष्णु भने पिपलको रूखमा लुके र केही समय त्यहि बसे जसका कारण हिन्दु धर्मका अनुयायीहरुको लागि ठूलो महत्व रख्दछ यसैकॉरण मानिसहरूले भगवान विष्णुलाई प्रार्थना गर्ने माध्यमको रूपमा मान्दै रूखको पूजा गर्न थालेका हुन ।

त्यसैगरि केही पौराणिक कथाका अनुसार पिपलको रूखलाई भगवानको घर भन्ने गरिन्छ र यस पिपलको जराले ब्रह्माको,जिउले विष्णु र पातले शिवको प्रतिनिधित्व गर्दछ साथै अर्को मान्यतामा भगवान कृष्णको मृ*त्यु पिपलको रूखमनि भएको पनि मनिन्छ!!

समाचार सेयर गर्नुहोस