बोल्ड बेनिशा

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

काठमाडौं / वि.सं २०७४ सालमा रिलिज भएको चलचित्र ‘ब्लाइन्ड रक्स’बाट नायिका बेनिशा हमालले राम्रो प्रशंसा पाइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकाको निकै चर्चा भएको थियो । यो चलचित्र रिलिज भएको केही समयपछि बेनिशा पुनः पर्दामा फर्किएकी छिन् ।

बेनिशालाई अर्पण थापाको निर्देशनमा बनेको चलचित्र ‘घर’मा दर्शकले हेर्न पाईरहेका छन् । यो चलचित्रमा बेनिशाले दर्शकलाई तर्साई रहेकी छिन् । हलहरुमा चलिरहेको यो चलचित्रका बारेमा बेनिशा भन्छिन्–‘मलाई अफर आउँदा हरर चलचित्र हो भन्ने थाहा थिएन । राम्रो मेकरबाट चलचित्र अफर आएकोले मैले हुन्छ भनेको थिएँ ।

पछि हरर भन्ने थाहा पाएपछि झनै उत्साहित भएको थिएँ ।’ चलचित्रमा काम गर्दा बेनिशाले बिल्कुलै फरक अनुभव गरिन् । उनी भन्छिन्–‘टिम राम्रो भएकाले काम गर्न निकै सहज भयो । धेरै टेक्निकल कुराहरु पनि बुझ्ने मौका पाइयो ।’

चलचित्रका लागि बेनिशाले आफ्नो लुक्स पनि परिवर्तन गरेकी छिन् । तर, लुक्स परिवर्तन आफ्नो इच्छाले नगरेको उनले सुनाइन् । स्क्रिप्टको माग अनुसार नै उनले आफ्नो लुक्स परिवर्तन गरेकी हुन् । उनले यो चलचित्रमा आफ्नो कपालमा धेरै परिवर्तन गरेकी छिन् ।

चलचित्रको सुरुवातमा नै बेनिशाको बेडसिन देखिन्छ । उनले यो बिषयमा भनिन्–‘त्यो मैले गरेकी होइन । चलचित्र भित्रको क्यारेक्टरले गरेको हो’, बेनिशा अगाडि भन्छिन्–‘चलचित्रको माग अनुसारको काम भएको छ । त्यसलाई दर्शकले पचाउनु हुन्छ ।’ ‘यो ग्याप किन ?’

भन्ने प्रश्नमा बेनिशाले भनिन्–‘यो बीचमा धेरै अफर नआएको पनि होइन । तर, आएका अफरहरु राम्रो नलागेपछि गरिनँ । यसमा फरक क्यारेक्टर गर्ने भएपछि उत्साहित भएर काम गरेको हुँ ।’ चलचित्रमा अर्पण थापा, बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ । चलचित्रले दर्शकलाई हररको दुनियाँमा लैजाने कोसिस गरेको छ ।

नेपाली मेकरहरुले बनाएका हरर चलचित्रमा दर्शकको विश्वास कम छ । तर, यसपटक भने दर्शकले नेपालमा पनि यस्तो स्तरिय हरर चलचित्र बन्छ भनेर विश्वास गर्ने बेनिशाले दाबी गरिन् ।

समाचार सेयर गर्नुहोस