सुन्दरी मोडेल सारिका केसी ( फोटो फिचर )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

काठमाडौं /कलाकारहरुको बाहिर हाँसो सबैले देखेका हुन्छन् तर वास्तविक जीवनमा रुनेहरु पनि धेरै छन् ।’ कतिले मिडियामा खुलाउन चाहन्छ आफ्नो पारिवारिक पृष्ठभूमि भने कतिपय कलाकारहरुले गोप्य नै राख्दै आएका छन् ।

त्यस्तै चर्चित मोडल सारिका केसी पछिल्लो समय सबैको लोकप्रिय बनेकी कलाकार हुन् ।बाग्लुङ मा जन्मिएकी सारीका सानै देखि हिरोईन बन्छु भन्ने चन्चले स्वभावका दाजु बहिनी मिलेर टिभि हेर्दै अभिनय गर्ने गरेको बताउँछिन् उनकी आमा ।

त्यतिकैमा विगत सम्झेर भावुक बन्द‌ै आमाले भनिन् मैले श्रिमानको माया नपाएपनि छोराछोरीले धेरै खुशी राखेको बताइन् ।प्रेम विवाह गरेपछि २ सन्तानको साथका रमाइरहेको परिवारलाई , वैदेशिक रोजगारीको कारणले गर्दा धन कमाउन मलेसिया जान्छु भनेर गएको श्रीमान अहिलेसम्म फर्केर नआउँदा दुख व्यक्त गर्नुभयो ममिले ।

पढ्दै गर्दा काठमाडौं आएर मोडलिङमा लागेकी सारिका केसी अहिलेसम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुरुवाती दिनहरुमा १/२ वटा भिडियोमा अभियन गर्न पाएपनि हुन्थ्यो जस्तो लाग्ने बताउँछिन् सारिका । उनले अभिनय गरेको गीत (मर्ने मिति हुदैन पात्रोमा) देखि लिएर धेरै गीतहरुमा उनको उत्कृष्ट अभिनय रहेको छ।

समाचार सेयर गर्नुहोस