एलिशा र आकाशको गोप्य डेटिङ

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

काठमाडौं / नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ ।

गीतमा युवापुस्ताको रोमान्टिक प्रेम देखाइएको छ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।

भिडियो हेर्न युट्युबमा भावसागर इन्टरटेन्टमेन्ट खोज्नुुुस्

समाचार सेयर गर्नुहोस