२४ दिन मलेसियाको जेलमा…

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

काठमाडौँ  २७ साउन /  केहि समय अगाडी साङ्गितिक कार्यक्रमका लागी मलेसिया पुगेका कलाकारहरु पक्राउ परेका थिए ।

एस.एस.ओ.जी. ग्रुपले इदको अवसरमा आयोजना गरेको कर्यक्रममा सहभागी हुन मलेसिया पुगेका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेलाई त्यहाको अध्यागमन विभागले पक्राउ गरेको थियो । उनीहरु सहित स्थानीय कलाकार र आयोजक पक्राउ परेको हुन् ।

नेपालबाट गएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउदै अध्यागमनले छापा मारेपछि क्वालालम्पुरस्थित कोताया कम्पेल्क्सबाट उनीहरु पक्राउ परेका हुन् । मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ ।

तर आयोजकले ति सबै प्रक्रिया नपुर्याएको हुनाले नेपाल देखि गएका कलाकारहरुले दु:ख पाएका थिए । करिब २४ दिन मलेसियाको जेलमा बिताएर नेपाल फर्किएकी गायिका श्रेया राईले एक अन्तर्वार्ताको क्रममा आफ्नो दुखद अनुभव सुनाएकी छिन । त्यो क्षण सम्झँदा अझै पनि आशु झर्ने उनि बताउछिन् ।

समाचार सेयर गर्नुहोस