आँप जोडी फिचर्ड भिडियोलाई १ करोड

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

काठमाडौं / इन्टरनेटको पहुँचले नेपाली गीत सङ्गीत क्षेत्रलाई निकै फाइदा पुगिरहेको छ । केही अघिसम्म गीतलाई लाखको हाराहारीमा मात्र हेरिन्थ्यो ।

गीत सुन्न कि त डाउनलोड गरेर कसैबाट लिनु पर्थ्यो वा सिडी भि सिडी किन्नु पर्थ्यो तर अब भने राम्रा गीत का लागी करोड भ्युअर्स पाउनु नौलो कुरा नहुने भैसकेको छ । केही समय यता गीतहरूले करोड भ्युअर्स पाउन थालेका छन् जुन निकै राम्रो मानिन्छ ।

यसैबिच गायक युवराज चौलागाईंले स्वर भरेको गीतले युटुबमा एक करोड भ्युज कमाएको छ । चौलागाईंको ‘तिम्रो माया पाउनलाई’ बोलको गीतले १ वर्षमा करोड भ्युज कमाएको हो ।

गीतको भिडियोमा पल शाह र आँचल शर्मा फिचर्ड छन् । गीतमा चन्द्र ज्योति आले मगरको शब्द र राज कुमार बगरको सङ्गीत रहेको छ । भिडियोलाई पल शाहले नै निर्देशन गरेका हुन् । गीत लाई अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

समाचार सेयर गर्नुहोस