१ बर्षअघि डस्टबिनमा फालिएको बालक यति राम्रा भए

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शनिबार, साउन २५, २०७६

काठमाडौं / आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउ,-नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मलिन मनाउन पुगेका थियौं ।

एक बर्षअघि पशुपछि क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका भविष्य निकै राम्रा भएछन् । भविष्यको पालन पोषणका लागि हामीले पनि नेपाल स्नेही काखकी आमा श्रीनेहा पोख्रेललाई सहयोग गर्दै आएका छौं । सोही अनुसार बार्षिय २४ हजार रुपैंया उनको लागि छुट्याएका छौं ।

निर्दोष भविष्यसंगै अन्य थुप्रै बाल बालिकाहरुको भविष्य स्नेही काख नेपालमा फुल्दैछ । स्नेही काखमा फुल्दै गरेका थुप्रै कोपिला जस्ता बाल बालिकाहरुसंगै मामा भान्जा केक्स नेपालबाट ल्याईएको मिठो केक काट्दै हामीले बाबु भविष्यको जन्मदिनको खुशी साट्यौं ।

स्नेही काख नेपालमा पछिल्लो समयको बर्षाले निकै तनाव दियो । अर्को भवनको निर्माणका चुनौतीहरु र गाह्रो, अप्ठेरोका बिषयमा आमा श्रीनेहा पोख्रेलले बताउनु भएको छ । साथै हामीले भिडियोमै स्नेही काखका लागि बिभिन्न सहयोगीहरुबाट प्राप्त सहयोग रकम पनि बुझाएका छौं ।

नोट : यो लेख सञ्चारकर्मी शिशिर भण्डारीले लेखेका हुन्

समाचार सेयर गर्नुहोस