रामकृष्ण ढकाल परिवारलाई सहकारीको सुचना

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६

काठमाडौं २३ साउन / चर्चित गायक रामकृष्ण ढकालले लिएको ऋण नतिरेको भन्दै सहकारीले पत्रिकामा सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ । गायक रामकृष्ण र उनकी पत्नी निलम शाहले करिब ५ करोड नतिरेको भन्दै सहकारीले तिर्न तोकेता गरेको हो ।

ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले पत्रिकामा सार्वजनिक सूचना निकालेर उनीहरुलाई ऋण तिर्न आउन तोकेता गरेको हो । यद्यपी सार्वजनिक सूचनामा ‘ऋण तिर्न आउनू’ भन्ने शब्द नै नभए पनि ऋण तिर्न ताकेता गरिएको हो ।

९ वर्षअघि उक्त सहकारी संस्थाबाट गायक रामकृष्णकी श्रीमती निलमले एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । यता गायक रामकृष्णले भने ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

समाचार सेयर गर्नुहोस