महानायक राजेश हमाल श्रीमती मधुसँग भुटानमा रमाउँदै

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६

काठमाडौं २३ साउन /  अभिनेता राजेश हमाल अहिले भुटानमा रहेका छन् । क्विज मेनिया कार्यक्रममा सहभागी हुन अभिनेता हमाल आफ्नी श्रीमती मधु भट्टराईसहित भुटान पुगेका हुन् ।

अभिनेता हमालले बिहीबार दिउँसो आफ्नी श्रीमती तथा टिमका अन्य साथीसँग खिचिएको तस्विर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन् ।

जसमा हँसिलो मुद्रामा देखिएका हमाल दम्पत्ति विभिन्न स्थानमा पुगेर रमाइलो गर्दै तस्विर लिएको देखिन्छ ।

समाचार सेयर गर्नुहोस