मौलिकताले भरिएको दोहोरि हस्तीहरुको तीज गीत सार्वजनिक

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, साउन २२, २०७६

काठमाडौं /नेपाली लोक दोहोरीकै सर्वाधिक चर्चित र युवामनहरुको ढुकढुकीमा बस्न सफल प्रिय गायक पशुपति शर्माको फेरी अर्को मौलिक गित गीत यस्तै रैछ जीन्दगी बोलको गीत सार्बजनिक भएको छ ।

शर्माकै मौलिक उत्कृष्ट शब्द लय सिर्जना रहेको गीतमा केही पुराना तथा नेपाली गीत सँगितलाई माया गर्ने दर्शकहरुले सर्वाधिक रुचाएका प्रिय गायीकाहरु बिमा कुमारी दुरा सर्मिला गुरुङ र देवी घर्ति मगरको स्वर रहेको छ । साथै गीतमा पशुपति शर्माको पनि स्वर रहेको छ ।

तिजका गीतहरुमा मौलिक शब्द भावहरु हराउदै गए आज भोलीका गीतहरु माया र प्रेमको मात्र हुन्छ भन्नेहरुको लागि यो गीत एउटा दरिलो उदाहरण भएको छ । गीतको शब्द तथा भिडियोहरु निकै मौलिक बनेका छन ।

शर्माको अफिसियल यु ट्युव च्यानल मार्फत सार्बजनिक भरिएको गीतमा उनै प्रिय कलाकारहरु बिमा कुमारी दुरा सर्मिला गुरुङ देवी घर्ति मगरको अभिनय रहेको छ । दुर्गा पौडेलको निर्देशन तथा छायाँकन रहेको गीतको म्युजिक भिडियोमा नविन घर्ति मगरको सम्पादन रहेको छ ।

गीतको म्युजिक भिडियो हेर्नुहोस

समाचार सेयर गर्नुहोस