वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको सुन्दर परिवार

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, साउन २२, २०७६

काठमाडौं २२ साउन / वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पछिल्लो समय सामाजिक सञ्जालमा पनि उनी व्यस्त देखिन्छन् । धेरैजसो समय उनको कामकै सिलसिलामा बित्ने गरेको छ ।

बाँकी बचेको समय उनले आफ्नो परिवारलाई छुट्याउने गरेका छन् । केही समयअघि मात्रै श्रीमती यशोदा सुवेदीलाई गुमाएका मदनकृष्णले हालै सामाजिक सञ्जाल फेसबुकमा पारिवारिक तस्बिर राखेका छन् । जसलाई उनले नाम दिएका छन्, मेरो सानु संसार ।

तस्बिरमा मदनकृष्णकी श्रीमती यशोदाबाहेक छोरा बुहारी, ज्वाइँ छोरी र नातिनातिनीहरू छन् ।

उनले लेखेका छन्, ‘छरिएर हैन, परिवारबाट आफू घेरिएर बस्दाको भरभरोसा र आनन्द बेग्लै हुुन्छ ।’

समाचार सेयर गर्नुहोस