श्वेता खड्काको कफिसपमा कलाकारहरुको घुइँचो

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६

काठमाडौं २१ साउन /  नायिका श्वेता खड्काले बालुवाटारमा नयाँ कफी सप सञ्चालनमा ल्याएकी छिन् । श्वेताले सोमबारदेखि बालुवाटारमा बन्दै गरेको भवनमा हिमालयन जाभा कफी सप सुरु गरेकी हुन् । श्वेताले दबरबामार्गको राइजिङ्ग मलपछि बालुवाटारमा कफी सप खोलेकी हुन् ।

श्वेताको नयाँ कफी सपमा नेपाली फिल्म क्षेत्रका थुप्रै हस्ती गएर कफीको चुस्की लिए । आकाश अधिकारी, रेखा थापा, दिपकराज गिरी, दिपाश्री निरौला, ऋचा शर्मा, पूजा शर्मा, शुभेच्छा खड्का, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, गायक युवराज चौंलागाईं लगायत अन्य फिल्मकर्मीले नयाँ कफी सपमा पुगेर श्वेतालाई बधाई दिए ।

नेपाली र विदेशी पाहुनालाई मध्यनजर गर्दै बालुवाटारमा हिमालयन जाभा कफी सप सञ्चालनमा ल्याएको श्वेताले बताइन् । माझी बस्ती निर्माण गर्दै गरेकी श्वेता नयाँ फिल्म निर्माणको पनि तयारीमा छिन् ।

समाचार सेयर गर्नुहोस